विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्छ : प्रचण्ड

<span class='c1'>विपद्को सामना गर्न सबै राजनीतिक शक्ति</span> <span class='c2'>र समाज एकताबद्ध हुनुपर्छ : प्रचण्ड</span>

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्ने बताएका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विपद्का बेला आपसी समझदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भोटेकोशीमा आएको बाढी र त्यसबाट भएको ‘भयानक’ क्षतिलाई राष्ट्रिय एकताको नयाँ संकल्पमा बदल्नुपर्ने बताए । उनले भने, ‘मानवीय र भौतिक क्षति पनि जुन छ, यस्तो बेलामा समझदारीका साथ अघि बढ्नुपर्छ । यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नुपर्छ ।’सरकारको सक्रियताबारे सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उनले उनले प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्