प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो : प्रचण्ड

<span class='c1'>प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता</span> <span class='c2'>राम्रो : प्रचण्ड</span>

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीपछि खोज तथा उद्धारका क्रममा प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो रहेको बताउनुभएको छ।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकाले यस्तो संकटको समयमा सबै पक्षबीच समझदारी र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने बताउनुभयो।

उहाँले सरकारको खोज, उद्धार तथा राहतसम्बन्धी काममा आफ्नो समर्थन रहेको स्पष्ट पार्दै नकारात्मक परिस्थितिलाई राष्ट्रिय एकताको नयाँ सङ्कल्पमा बदल्नुपर्ने धारणा राख्नुभयो। “बाढीले मानवीय क्षति र भौतिक क्षति भएको बेलामा समझदारीको साथ जानुपर्दछ। नकारात्मक परिघटनालाई राष्ट्रिय एकताको नयाँ सङ्कल्पमा बदल्नुपर्दछ,” प्रचण्डले भन्नुभयो।

उहाँले भोटेकोशी बाढीले भयानक क्षति पुर्‍याएको उल्लेख गर्दै संकटको समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ उद्धार, राहत तथा पुनर्स्थापनाका काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। प्रचण्डले हालसम्म प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता समग्रमा राम्रो रहेको टिप्पणी गर्दै प्रभावित नागरिकको उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्