आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

<span class='c1'>आज रक्षाबन्धन तथा</span> <span class='c2'>जनैपूर्णिमा मनाइँदै</span>

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् । यस अवसरमा श्रद्धालुहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी सप्तऋषिको पूजा–अर्चना तथा तर्पण गर्ने परम्परा छ । गुरु–पुरोहितबाट नाडीमा रक्षाबन्धन (डोरो) बाँध्ने तथा तागाधारीहरूले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा पनि आजै गरिन्छ ।

त्यसैगरी दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्ने तथा दाजुभाइले उपहार र रक्षाको वचन दिने चलन रहेको छ । रक्षाबन्धन र जनैपूर्णिमाले धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्