एक्स्ट्रिम इनर्जी ड्रिङ्क्‌सद्वारा रु. १ करोड सहयोग हस्तान्तरण

<span class='c1'>एक्स्ट्रिम इनर्जी ड्रिङ्क्‌सद्वारा रु.</span> <span class='c2'>१ करोड सहयोग हस्तान्तरण</span>

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्क्‌सले घोषणा गरेको रु. १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको छ ।

विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो । सहयोग हस्तान्तरण गर्दै एक्स्ट्रिम इनर्जी ड्रिङ्क्‌सले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत तथा स्वास्थ्य सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ ।

कम्पनीले विपद्को समयमा नागरिकको जीवनरक्षा र पुनर्स्थापनाका लागि राज्य तथा सम्बन्धित निकायसँग आवश्यक सहकार्य गर्दै आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्