सुनसरी । सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको हो।
सहायक नदीहरूमा पानीको बहाव बढिरहेकाले नदी तटीय क्षेत्रमा असर पर्न सक्ने भन्दै प्रहरीले नदी किनार तथा जोखिमयुक्त स्थानमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। प्रहरीले नदीमा माछा मार्ने, डुंगा टिप्ने, सेल्फी खिच्ने तथा भिडिओ बनाउनेलगायतका गतिविधि नगर्न समेत आग्रह गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएकाले आवश्यक सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीले “नागरिकको सुरक्षा, हाम्रो प्राथमिकता” भन्ने सन्देशसहित नदी तथा आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।