रसुवा बाढी : उद्धार कार्यमा जुटेको सेनाले हालसम्म २६५० जनालाई सुरक्षित निकाल्यो

<span class='c1'>रसुवा बाढी : उद्धार कार्यमा जुटेको</span> <span class='c2'>सेनाले हालसम्म २६५० जनालाई सुरक्षित निकाल्यो</span>

काठमाडौं । रसुवास्थित भोटेकोशीमा १० भदौको बिहान आएको बाढी पश्चात उद्धारमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेशी, मैलुङबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो । जसमा ४६ चिनियाँ र ८ भारतीय छन् । अन्य समेत गरी शनिबार विभिन्न ठाउँहरुबाट ५५० जनालाई हवाई उद्धार गरिएको छ ।

त्यसैगरी बाढीपश्चात अहिलेसम्म सेनाले स्थल उद्धारमार्फत २ सय र हवाई उद्दारमार्फत २ हजार ४५० गरी २ हजार ६५० जनाको उद्दार गरेको छ । जसमा १२१ भारतीय नागरिक, ४ जर्मन नागरिक ७२ चिनियाँ नागरिक २ अमेरिकन नागरिक, २ इटालियन नागरिक, १ ओमान नागरिक १५ कोरियन नागरिक छन् ।बाँकी भने नेपाली नागरिक हुन् । उद्धारका लागि ८ हजार ३ सय सैनिक खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्