विराटनगरमा भव्य रूपमा श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, उठेको भेटीबाट विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने

<span class='c1'>विराटनगरमा भव्य रूपमा श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै,</span> <span class='c2'>उठेको भेटीबाट विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने</span>

विराटनगर । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमी महोत्सव २०८३ भव्य एवं आध्यात्मिक वातावरणमा मनाउने तयारी गरेको छ। इस्कोन विराटनगरले भदौ १९ गते शुक्रबार विभिन्न धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रमसहित जन्माष्टमी महोत्सव आयोजना गर्ने जनाएको छ।

इस्कोन विराटनगरका अनुसार जन्माष्टमीका अवसरमा भगवान् श्रीकृष्णको विशेष दर्शन, मङ्गल आरती, मन्त्र जप, पूजा–अभिषेक, कृष्ण कथा, भजन–कीर्तन तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन्। बिहान ८ः३० बजे मङ्गल आरती तथा मन्त्र जपबाट सुरु हुने कार्यक्रम राति ११ः३० बजे १०८ भोग अर्पण, महाअभिषेक तथा महाप्रसाद वितरणसँगै अघि बढ्नेछ। कार्यक्रममा बिहान १० बजे श्री नृसिंह महाप्रभुको पूजा तथा हालै बाढी तथा प्राकृतिक विपद्बाट ज्यान गुमाएकाहरूप्रति विशेष प्रार्थना गरिनेछ। त्यस्तै, दिउँसो ४ बजे पनि बाढी तथा विपद्बाट प्रभावितका लागि विशेष प्रार्थना तथा कीर्तन गरिने आयोजकले जनाएको छ। यस वर्षको महोत्सवमा करिब १५ हजार भक्तजन तथा श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष करिब १० हजार भक्तजनलाई महाप्रसाद वितरण गरिएकोमा यस वर्ष १५ हजारभन्दा बढीलाई महाप्रसाद वितरण गर्ने तयारी गरिएको छ। महोत्सव सञ्चालनका लागि करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

महोत्सवलाई धार्मिक तथा आध्यात्मिक कार्यक्रमसँगै सामाजिक सेवासँग जोड्दै कार्यक्रममा संकलित रकम रसुवामा बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारको सहयोगमा खर्च गरिने इस्कोन विराटनगरले जनाएको छ। विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, विस्थापित तथा प्रभावित परिवारको उद्धार, उपचार, पुनःस्थापना र राहतमा सहयोग गर्ने उद्देश्य रहेको आयोजकले जनाएको हो। महोत्सवमा नेपाल तथा भारतका विभिन्न स्थानबाट विशिष्ट गुरुजन, साधुसन्त तथा श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ। इस्कोन विराटनगरले सम्पूर्ण भक्तजन, श्रद्धालु तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्