प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ

<span class='c1'>प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी</span> <span class='c2'>इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ</span>

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

बिहीबार भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूसँग विपद्को अवस्थाका बारेमा फिल्ड भिजिट गरेर हामीले देखेका बुझेका र गर्नुपर्ने विषयहरुमा सुझावका लागि भेटघाट गरेका थियौं । लिखित रुपमा पनि केही सुझावहरु दिएका छौं । मौखिक रुपमा पनि सुझाव दिएका छौं । उद्धारका लागि समग्र रूपमा सुझाव दिएका छौँ । सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने विषयमै उहाँको जिज्ञासा थियो । त्यस सम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौँ । उहाँले पनि सकेको जुनसुकै काम गर्नु परेपनि अगाडि बढ्ने भनेर भन्नु भएको छ ।’ यसैगरी उनले उद्धार तथा राहतका लागि कुनै विशेष प्रविधिको आवश्यकता नरहेको बताए । उनले साधारण उपकरण र दक्ष उद्धार टोली परिचालन गरेरै उद्धार कार्य गर्न सकिने बताए । घिसिङका अनुसार उद्धारका क्रममा मुख्य चुनौती भनेको जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनलगायतका हेभी इक्विपमेन्ट घटनास्थलसम्म पुर्याउनु हो ।

‘कुनै स्पेसल प्रविधि चाहिने होइन, साधारण उपकरण र दक्ष रेस्क्यु टिमबाटै काम गर्न सकिन्छ,’ उनले भने, ‘मुख्य समस्या भनेको जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता हेभी इक्विपमेन्ट घटनास्थलमा पुर्याउनु हो ।’उनले हेभी उपकरण घटनास्थलसम्म लैजान आवश्यक हेलिकप्टरलगायतका साधन तत्काल परिचालन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्