विराटनगर भाद्र १८ ,
विराटनगर ५ सम्झना चोकस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबीसी स्कुल) ले विद्यार्थीहरूसँगै विभिन्न कार्यक्रम गरी श्रीकृष्ण जन्माष्टमी मनाएको छ।
जन्माष्टमीको अवसरमा विद्यार्थीहरू श्रीकृष्ण तथा राधाको विभिन्न भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए। विद्यालयले भगवान् श्रीकृष्णको जन्मसँग जोडिएको कथा तथा यसको धार्मिक र सांस्कृतिक महत्वबारे पनि विद्यार्थीलाई जानकारी गराएको थियो।
विद्यार्थीलाई संस्कार, संस्कृति र परम्पराबारे व्यवहारिक रूपमा सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।