विराटनगरमा खुल्दैछ “लुगास्टोर” को छैटौँ शाखा

<span class='c1'>विराटनगरमा खुल्दैछ “लुगास्टोर”</span> <span class='c2'>को छैटौँ शाखा</span>

विराटनगर भाद्र १८ ,

विराटनगरको मेन रोडमा लुगास्टोरको नयाँ शाखा सञ्चालनमा आउने भएको छ। सन् २०२३ मा स्थापना भएको लुगास्टोरले काठमाडौं बाहिर आफ्नो विस्तारलाई तीव्र बनाउँदै विराटनगरमा नेपालको छैटौँ स्टोर खोल्न लागेको हो।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गते विराटनगर शाखाको औपचारिक उद्घाटन गरिने लुगास्टोरले जनाएको छ। त्यसपछि अर्को महिना इटहरीमा नेपालकै सातौँ स्टोर सञ्चालनमा ल्याउने तयारी छ।

लुगास्टोरमा चीनबाट आयात गरिएका विभिन्न प्रकारका कपडा आफ्नै ‘RAP Denim’ ब्रान्डमा उपलब्ध हुने छन्। युवादेखि ज्येष्ठ उमेर समूहसम्मलाई लक्षित गर्दै फेसनेबल पहिरनदेखि दैनिक प्रयोगका कपडासम्म एउटै ठाउँमा उपलब्ध गराउने लक्ष्य कम्पनीको छ।

हालको अवस्थामा लुगास्टोरलाई नेपालकै ठूलो पुरुष फेसन फ्रेन्चाइजमध्ये एकका रूपमा विस्तार गरिँदै लगिएको कम्पनीको दाबी छ।

विराटनगरपछि इटहरीमा पनि शाखा थपिएसँगै पूर्वी नेपालमा पुरुष फेसनको बजारमा लुगास्टोरको उपस्थित अझ बलियो हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्