भोटेकोशी बाढी प्रभावितकालागि सुर्योदय मिल्क एण्ड बेभरेजदको पाँचलाख ५५ हजार सहयोग

<span class='c1'>भोटेकोशी बाढी प्रभावितकालागि सुर्योदय मिल्क एण्ड</span> <span class='c2'>बेभरेजदको पाँचलाख ५५ हजार सहयोग</span>

विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका पीडितहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगरस्थित सुर्योदय मिल्क एण्ड बेभरेज प्रा. लि. ले पाँचलाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीका सञ्चालकहरु प्रेमकुमार राठी, अनुजकुमार यादव, बिनोद राठी र गुरुप्रसाद अधिकारीले संयुक्त रूपमा उक्त रकम बराबरको चेक बिहीवार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी कट्टेलले सूर्योदय परिवारलाई धन्यवाद ब्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको सहयोग रकम नेपाल सरकारमार्फत बाढी प्रभावित क्षेत्रका पीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा उपयोग गरिने बताउनुभयो ।

विनाशकारी प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोरेका रसुवा, नुवाकोट र धादिङका नागरिकलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम हस्तान्तरण गरेको संचालक राठीले बताउनुभयो । उहाँले विपद्को कठिन घडीमा निजी क्षेत्र, संघसंस्था तथा सम्पूर्ण नागरिक एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सुर्योदय मिल्क एण्ड बेभरेज प्रा. लि. ले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ। परम ब्राण्डका घ्यु, पनिरलगायत दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको सुर्योदय बेभरेजले आफ्ना उत्पादन जापानसमेत निर्यात गर्दै आएको छ I

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्