काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन

<span class='c1'>काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा,</span> <span class='c2'>प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन</span>

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ । पृथ्वी राजमार्गमा वैकल्पिक ट्रयाक खुलेर ग्यास बुलेटहरू सिधै काठमाडौं आउन थालेपछि संघले ढुवानी भाडाबापत थपिएको रकम हटाउँदै पूर्ववत मूल्य कायम गरेको हो ।

गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको भीषण बाढीले पृथ्वी राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको थियो । सडक अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका प्लान्टहरूबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत उपत्यकामा ग्यास ल्याइरहेका थिए । लामो र वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेपछि संघले भदौ १८ गते विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २,०६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी अधिकतम २,१६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न अनुरोध गरेको थियो ।

तर हाल अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्रयाक खुलेर यातायात सञ्चालनमा आइसकेको र ग्यास बुलेटहरू सिधै उपत्यका भित्रिन थालेकाले वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेको संघले जनाएको छ । संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिअनुसार असोज २ गते अर्थात आजदेखि लागू हुने गरी निगमले तोकेकै प्रतिसिलिन्डर २,०६० रुपैयाँभन्दा बढी नहुने गरी ग्यास बिक्री वितरण गर्न तथा सोहीअनुसार आ–आफ्ना विक्रेताहरूलाई जानकारी गराउन सम्पूर्ण ग्यास उद्योगीहरूलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्