विराटनगर । विराटनगर इन्टरनेसनल कलेजले शैक्षिक प्रदर्शन, सकारात्मक आचरण र नियमित उपस्थितिका आधारमा २६ जना विद्यार्थीलाई एएए (एकेडेमिक, एटिट्युड र अटेन्डेन्स) छात्रवृत्ति प्रदान गरेको छ। विराटनगर–५ स्थित कलेजमा आयोजित कार्यक्रममा विभिन्न समूहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीका अभिभावकलाई समेत आमन्त्रण गरिएको थियो।
साइबर सेक्युरिटी कार्यक्रमअन्तर्गत कोहोर्ट ए२४ र ए२५ का आदित्य थापा, आगमन कार्की, आयुष बुधाथोकी, एलिशा सिग्देल, आशिष आचार्य, जेसिका थपालिया, कृतिका यादव, कुशल श्रेष्ठ, प्रज्ञा राजवंशी, रोशनी माझी र सारा घिमिरेले छात्रवृत्ति प्राप्त गरेका छन्। त्यस्तै, कोहोर्ट ए२४ अन्तर्गत अन्तर्राष्ट्रिय व्यवसाय व्यवस्थापनतर्फ छोटु कुमार शर्मा, दिया शर्मा, प्रेरणा कुमारी माझी र सानिया परविन छात्रवृत्तिका लागि छनोट भएका छन्। कोहोर्ट ए२३ अन्तर्गत हस्पिटालिटी म्यानेजमेन्ट तथा अन्तर्राष्ट्रिय व्यवसाय व्यवस्थापनतर्फ रसुम कार्की, अभय राज शाह र आयुष श्रेष्ठले छात्रवृत्ति पाएका छन्।
कोहोर्ट ए२२ अन्तर्गत खगेन्द्र कार्की, अस्विन घिमिरे, दिया निरौला, राहुल कुमार साह, सिया बस्नेत र सोनिया राईलाई छात्रवृत्ति प्रदान गरिएको छ। त्यसैगरी, कोहोर्ट एस२२ का दीक्षा अतल र राघव अतलले पनि छात्रवृत्ति प्राप्त गरेका छन्। कलेजले विद्यार्थीको शैक्षिक उपलब्धि, सकारात्मक आचरण र नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष एएए छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ। छात्रवृत्तिले विद्यार्थीलाई अध्ययनसँगै अनुशासन र नियमितताका लागि थप प्रेरित गर्ने कलेजको विश्वास छ।