धनकुटामा सुमो दुर्घटना: एकको मृत्यु, १० जना घाइते

<span class='c1'>धनकुटामा सुमो दुर्घटना: एकको</span> <span class='c2'>मृत्यु, १० जना घाइते</span>

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, बन्चरे स्थित कामिटारमा सुमो गाडी दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आइतबार बिहान करिब ९ बजे छथरको पिङ्गडाँडा ताङ्खुवाबाट धरान जाँदैगरेको को १ ज २४९४ सुमो अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परि छथ रजोरपाटी गाउँपालिका–३, वस्ने बर्ष बन्दाजी ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले दिनुभयो ।

भण्डारीका अनुसार घाइते हुनेहरुमा चालक धनकुटा नगरपालिका–९, स्थित गुठीटार बस्ने ३१ वर्षिया खगेन्द्र खत्री, छथ रजोरपाटी गाउँपालिका–३ बस्ने ४० वर्षिया धनमाया राई, सोहि ठाउँ बस्ने ७ बर्षिया बालक न्युहाङ सुब्बा, ३३ वर्षिय पुनम लिम्बु, २ वर्षिया आरध्या लिम्बु, २६ वर्षिया आईन्द्र लिम्बु, २७ वर्षिया भवानी लिम्बु, ४७ वर्षिया हेमबहादुर लिम्बु, ३० वर्षिया अबिन लिम्बु र २१ वर्षिया आषिश लिम्बु रहेका छन् ।

सुमो गाडी ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुलाई उपचारका लागि धरान स्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा पठाइएको र मृत्यु भएकी महिलाको जिल्ला अस्पताल, धनकुटामा राखिएको र आवश्यक कानुनी प्रक्रिया अघि पोष्टमार्टम गर्ने तयारी रहेको प्रहरी प्रवक्ता डिएसपी भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्