झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

<span class='c1'>झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध</span> <span class='c2'>विशेष खोप अभियान</span>

काठमाडौँ । झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ।

अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई खोप दिइनेछ। हालसम्म झापामा जापानिज इन्सेफलाइटिसका १३ जना संक्रमित र ७ जनाको मृत्यु भएको छ। अभियानका लागि झापामा ४ लाख ८५ हजार लक्षित जनसंख्या रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।

मन्त्रालयले लक्षित समूहका सबैलाई नजिकको स्वास्थ्य संस्था वा तोकिएको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ। साथै लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने र घरवरिपरि पानी जम्न नदिने उपाय अपनाउन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्