बिराट किचनले खाद्य स्वच्छता स्तरमा ‘क’ वर्ग प्राप्त

<span class='c1'>बिराट किचनले खाद्य स्वच्छता</span> <span class='c2'>स्तरमा ‘क’ वर्ग प्राप्त</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज परिसरमा सञ्चालित बिराट किचन प्रालिले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी ‘क’ अर्थात् ‘अति उत्तम’ प्राप्त गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार गरेको अनुगमन तथा मूल्यांकनमा बिराट किचनले ९७ अंक प्राप्त गर्दै ‘क’ श्रेणी हासिल गरेको हो ।

खाद्य स्वच्छताका विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनपछि कार्यालयले बिराट किचनलाई ‘अति उत्तम’ वर्गको हरियो स्टिकर प्रदान गरेको खाद्य अनुसन्धान अधिकृत प्रकृति वस्तीले जानकारी दिइन् । उनका अनुसार ‘खाद्य स्वच्छताको आधारमा होटल स्तरीकरण गर्ने निर्देशिका’ मा तोकिएका ५० वटा सूचकका आधारमा किचनको अनुगमन तथा मूल्यांकन गरिएको थियो । ती सूचक पूरा गरेपछि प्राप्त अंकका आधारमा खाद्य व्यवसायलाई विभिन्न श्रेणीमा वर्गीकरण गर्ने गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छताको स्तरलाई ‘क’ अति उत्तम, ‘ख’ उत्तम, ‘ग’ सन्तोषजनक र ‘घ’ सामान्य गरी चार वर्गमा विभाजन गरेको छ । बिराट किचनले बिराट मेडिकल कलेजमा उपचाररत बिरामी, उनीहरूका परिवारजन, कर्मचारी तथा आगन्तुकलाई भोजन उपलब्ध गराउँदै आएको छ । किचनमा हाल ६ जना विशेषज्ञ डाइटिसियन कार्यरत रहेको सञ्चालक रविकान्त साहले बताए ।

साहका अनुसार बिरामीको स्वास्थ्य अवस्था, उपचार विधि तथा व्यक्तिगत रुचिलाई ध्यानमा राखेर डाइटिसियनले भोजनको योजना तयार गर्ने गरेका छन् । कलेजमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीलाई समेत किचनले नियमित खाना तथा खाजा उपलब्ध गराउँदै आएको उनले बताए । ‘हाम्रो लक्ष्य भोक मेटाउने मात्र होइन, बिरामी तथा विद्यार्थीको शीघ्र स्वास्थ्यलाभमा समेत योगदान पु¥याउनु हो,’ साहले भने । खाद्य स्वच्छताको सर्वोच्च ‘क’ श्रेणी प्राप्त गरेसँगै बिराट किचनले खाद्य पदार्थको गुणस्तर, सरसफाइ तथा सुरक्षित भोजन व्यवस्थापनलाई थप प्राथमिकता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्