ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने

<span class='c1'>ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि</span> <span class='c2'>सभालाई सम्बोधन गर्ने</span>

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको आएको विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा पुर्‍याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे जानकारी दिन मन्त्री श्रेष्ठले बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

भोटेकोशी बाढीले एक दर्जन जलविद्युत आयोजनामा क्षति पुगेको छ भने ठूलो मानवीय क्षति भएको छ । घटनापछि सरकारको तर्फबाट ऊर्जा मन्त्रालयले गरेका कार्यहरू र अबको कार्ययोजनाबारे मन्त्री श्रेष्ठले प्रतिनिधिसभालाई जानकारी दिने प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताए । उनकाअनुसार सम्बोधनका लागि मन्त्री श्रेष्ठले सभामुख डोलप्रसाद अर्यालसँग समय लिइसकेका छन् । प्रतिनिधि सभाको बैठक आज ११ बजे बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्