विराटनगरमा उदयपुरको दबदबा, ‘ड्रिम टु प्ले’को उपाधि कब्जा

<span class='c1'>विराटनगरमा उदयपुरको दबदबा, ‘ड्रिम</span> <span class='c2'>टु प्ले’को उपाधि कब्जा</span>

विवेक दाहाल
विराटनगर असोज ७ ,नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुर क्रिकेटले जितेको छ। कोशी प्रदेशभरिका ग्रासरुट स्तरका युवा प्रतिभाहरूलाई खोज्ने र व्यावसायिक मञ्च उपलब्ध गराउने उद्देश्यले आयोजित यस प्रतियोगितामा कोशीका पाँच जिल्ला टोलीहरू उदयपुर, मोरङ, झापा, सुनसरी र इलामले राउन्ड-रोबिन लिग फर्म्याटमा प्रतिस्पर्धा गरेका थिए।
विराटनगरको मरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको लिग चरणमा उदयपुरले शतप्रतिशत जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।

उदयपुरले प्रतियोगिताका चारवटै खेलमा एकपक्षीय तथा सन्तुलित जित निकाल्दै आफूलाई च्याम्पियन साबित गर्‍यो। ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट समन्वय देखाएको उदयपुर प्रतियोगिताकै एक मात्र अपराजित टोली रह्यो।मोरङले प्रतियोगितामा उत्कृष्ट प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्‍यो। खेलेका ४ मध्ये ३ खेलमा जित दर्ता गरेको मोरङ उदयपुरसँगको एक खेलमा मात्र पछि पर्दै उपविजेतामा सीमित भयो। झापाले २ जित र २ हारको नतिजासहित तालिकाको तेस्रो स्थान हासिल गर्‍यो। सुनसरीले संघर्षपूर्ण खेल प्रदर्शन गरे पनि ४ खेलमध्ये १ खेलमा मात्र जित निकाल्न सक्यो। युवा खेलाडीहरूले भरिएको इलामको टोलीले प्रतियोगितामा कठिन समयको सामना गर्‍यो। कुनै पनि खेलमा जित दर्ता गर्न नसकेको इलाम तालिकाको पुछारमा रह्यो।

उपाधि विजेता उदयपुरका खेलाडी धवन साहनीले प्रतियोगिताभर कुल १४६ रन प्रहार गर्दै सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थान बनाए। उनलाई उदयपुरकै आदित्य बिकले १०२ रन बनाउँदै दोस्रो स्थानमा साथ दिए। उदयपुरको च्याम्पियन यात्रामा यी दुई ब्याटरको योगदान निर्णायक बन्यो। मोरङका बलर अमर यादवले असाधारण बलिङ प्रदर्शन गर्दै सर्वाधिक ११ विकेट लिए र प्रतियोगिताकै उत्कृष्ट बलर बने। त्यस्तै उदयपुरका नवराज सिग्देलले कसिलो बलिङका साथ ६ विकेट लिँदै दोस्रो स्थान हासिल गरे।

यस ‘ड्रिम टु प्ले’ प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरूलाई टोलीको ‘डेभलपमेन्ट स्क्वाड’ मा समावेश गरिनेछ। उनीहरूले राष्ट्रिय टोलीका मार्की खेलाडी सन्दीप लामिछानेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूसँगै विशेष प्रशिक्षणको अवसर पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्