आन्तरिक विवादले विराटनगर–६ मा कांग्रेसको अधिवेशन आज पनि रोकियो, अब भोलि हुने

<span class='c1'>आन्तरिक विवादले विराटनगर–६ मा कांग्रेसको अधिवेशन</span> <span class='c2'>आज पनि रोकियो, अब भोलि हुने</span>

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका–६ को वडा अधिवेशन आन्तरिक विवादका कारण चार दिन बितिसक्दा पनि हुन सकेको छैन । असोज ३ र ४ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने वडा अधिवेशन पटक–पटक स्थगित हुँदै गएपछि अब असोज ९ गते निर्वाचन गर्ने सहमति भएको छ ।

वडा सभापतिका लागि रामकुमार ढकाल र प्रकाश मण्डल (भोला) ले उम्मेदवारी दिएका छन् । उनीहरू दुई समूह बनाएर अधिवेशन प्रक्रियामा सक्रिय छन् । कांग्रेसका स्थानीय नेताहरूका अनुसार मण्डल संस्थापन पक्षनिकट र ढकाल कोइराला पक्षनिकट मानिन्छन् ।
विराटनगर–६ स्थित केशलिया रोडको बलबन्द्र सेवा समितिमा चार दिनदेखि क्रियाशील सदस्यहरू अधिवेशनका लागि उपस्थित हुँदै आए पनि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेपछि उनीहरू आक्रोशित भएका छन् । पटक–पटक अधिवेशनको मिति सारिँदा अन्योल बढेको भन्दै केही सदस्यले असन्तुष्टि जनाएका छन् ।

वडा, नगर, क्षेत्र, जिल्ला तथा केन्द्र तहका नेताहरूले पटक–पटक सहमतिको प्रयास गरे पनि विवाद समाधान हुन नसकेपछि असोज ९ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत पुनम गुप्ताले जानकारी दिए ।

विराटनगर महानगरपालिकाका अन्य वडामा अधिवेशनमार्फत वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन् । तर, वडा नम्बर ६ मा भने दुई पक्षबीचको विवादका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको थिएन ।
विराटनगर महानगरपालिकाका १९ वडामध्ये दुई वडामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ भने अन्य वडामा सर्वसम्मत रूपमा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको नेपाली कांग्रेस विराटनगर महानगर समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्