विराटनगरमा निरन्तर झरी, बजारमा कम चहलपहल , मोरङ प्रशासानद्धारा सर्तक रहन आग्रह

<span class='c1'>विराटनगरमा निरन्तर झरी, बजारमा कम चहलपहल</span> <span class='c2'>, मोरङ प्रशासानद्धारा सर्तक रहन आग्रह</span>

विराटनगर । विराटनगरमा बुधबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । भारी वर्षा नभए पनि सिमसिमे पानी बिहीबार अपराह्नसम्म पनि रोकिएको छैन। बिहानैदेखि घाम नलाग्दा विराटनगरको जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण विराटनगरको बजारमा विगतको तुलनामा सर्वसाधारणको चहलपहल कम देखिएको छ । बजार क्षेत्रमा सवारीसाधन भने सामान्य रूपमा सञ्चालन भइरहेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोईरालाका अनुसार बिहीबार अपराह्न्न सम्म विराटनगर आसपास भएर बग्ने सिँघिया र केसलिया खोलाको अवस्था सामान्य रहेको छ। यद्यपि निरन्तर वर्षा भइरहेकाले खोला तथा नदीको जलस्तर बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।


हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र गहिरो न्यूनचापीय क्षेत्रका रूपमा विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले आगामी दिनमा वर्षा अझ बढ्न सक्ने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको छ। कोशी प्रदेशका विभिन्न जिललामा समेत वर्षा भइरहेको छ। यसैबीच, सम्भावित अति भारी वर्षालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाले बिहीबार र शुक्रबार विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त मौसम पूर्वानुमानअनुसार असोज ११ गतेसम्म नेपालभर भारीदेखि अति भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले वर्षाका कारण स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा बस्ती डुबानमा पर्न सक्ने र बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले विद्यार्थी तथा आमनागरिकको सुरक्षालाई ध्यानमा राखी दुई दिन पठनपाठन बन्द गर्न सबै विद्यालयलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्