विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक विराटनगरमा असोज १७ र १८ गते मञ्चन हुने भएको छ। कोशी प्रदेशका दर्शकको अनुरोधपछि नाटक वीरेन्द्र सभागृहमा दुई दिन सीमित शोका रूपमा प्रस्तुत गर्न लागिएको हो। यसअघि विराटनगरमा ‘सेतो धरती’ नाटकलाई दर्शकले दिएको उत्साहजनक साथपछि निर्माण पक्षले ‘समर लभ’ मा पनि दर्शकको माया पाउने अपेक्षा गरेको जनाएको छ।
नाटकका निर्देशक सम्राट भुजेल हुन्। नाटकमा अर्पण थापा, सागर खनाल, बासना तिमिल्सिना, बिनीता गिरीलगायत कलाकारको अभिनय रहनेछ। अग्रिम बुकिङका लागि ९८०२३५६१११ वा ९८०२३५६११३ (ह्वाट्सएप) मा सम्पर्क गर्न सकिने जनाइएको छ।