करिब चार महिना पछि ताप्लेजुङको सुकेटार विमान स्थलमा हवाई उडान

<span class='c1'>करिब चार महिना पछि ताप्लेजुङको</span> <span class='c2'>सुकेटार विमान स्थलमा हवाई उडान</span>

ताप्लेजुङ । प्रतिकुल मौसमका कारणले करिब चार महिना पछि ताप्लेजुङको सुकेटारमा सोमबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब चार महिनापछि सोमबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु भएको हो । वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ २२ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा ४ महिनासम्म उडान अवरुद्ध भएको थियो । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने ६ जना र काठमाडौँबाट ताप्लेजुङ आउने १२ जना यात्रु प्रभावित भएका थिए । अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो ।

दशैँतिहार नजिकिएसँगै परिवारसँग पर्व मनाउन साथै आफन्त भेटघाटका लागि जिल्ला भित्रिने तयारीमा रहेका तथा अति आवश्यक कार्यका लागि जिल्ला बाहिरिने नागरिक हर्षित भएका छन् । त्यस्तै ताप्लेजुङ घुम्न आउने सिजन समेत सुरु भएकै समयमा हवाई उडान सञ्चालन हुँदा यातायात व्यवसायी तथा होटल व्यवसायी समेत हर्षित देखिएका छन् ।सोमबार ताप्लेजुङबाट काठमाडौँ पाँच जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट १३ जना यात्रु ताप्लेजुङ आएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।

यसअघि साताको सोमबार, बुधबार र शुक्रबार हुँदै आएको उडान अबदेखि सोमबार, बिहीबार र शनिबारका लागि सारिएको छ । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने यात्रुका लागि हाल १२ हजार ७० रुपियाँ र काठमाडौँबाट ताप्लेजुङ आउनेका लागि १२ हजार २७० रुपियाँ भाडादर निर्धारण गरिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्