नेपालीले दुई महिनामै प्रयोग गरे ४१ लाखको हुक्का फ्लेभर

<span class='c1'>नेपालीले दुई महिनामै प्रयोग गरे</span> <span class='c2'>४१ लाखको हुक्का फ्लेभर</span>

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा हुक्का फ्लेभरको आयातमा अस्वाभाविक वृद्धि देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा मात्रै ४१ लाख १२ हजार रुपैयाँ बराबरको ३ हजार ९५० किलो हुक्का फ्लेभर नेपाल भित्रिएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा २ लाख ५ हजार रुपैयाँ बराबरको १८० किलो मात्रै हुक्का फ्लेभर आयात भएको थियो । यस आधारमा मूल्यका हिसाबले करिब २० गुणा र परिमाणका हिसाबले करिब २२ गुणा आयातमा वृद्धि भएको देखिन्छ ।

हुक्का फ्लेभर हुक्कामा प्रयोग गरिने सुगन्धित मिश्रण हो, जसमा विभिन्न फलफूल, पुदिना वा अन्य स्वाद मिसाइएको हुन्छ । यस्ता उत्पादनमा निकोटिनयुक्त र निकोटिनरहित दुवै प्रकारका फ्लेभर पाइने भए पनि भन्सारको तथ्यांकले आयातको परिमाण र मूल्य मात्रै देखाउँछ ।

विभागका अनुसार नेपालमा भित्रिने अधिकांश हुक्का फ्लेभर भारतीय बजारबाट आयात हुने गरेको छ । दुई महिनामै आयातमा देखिएको तीव्र वृद्धिपछि हुक्का फ्लेभरको बजार विस्तार भएको संकेत देखिएको छ । पछिल्ला वर्षहरूमा क्याफे, लाउन्ज र हुक्का बारमा हुक्का प्रयोग बढ्दै जाँदा यस्ता फ्लेभरको माग पनि बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्