विराटनगरमा अर्को चिनिया लगानीको व्यापार, डिएसपी रोडको १६० सपमा प्रशासनको अनुगमन

<span class='c1'>विराटनगरमा  अर्को चिनिया लगानीको व्यापार,</span> <span class='c2'>डिएसपी रोडको १६० सपमा प्रशासनको अनुगमन</span>

विराटनगर । विराटनगरमा अर्को पसलमा समेत चिनिया नागरिकको लगानी भएको आशंका भएपछि स्थानीय प्रशासनले अनुगमन गरिरहेको छ । विराटनगर–२ स्थित डिएसपी रोडमा रहेको १६० सप नामक दिएको पसल नेपालीका नाममा दर्ता गरेर सञ्चालन भइरहेको पाइएको छ ।

जुन पसल काठमाण्डौं ३२ जडिबुटी निवासी राधिका बस्नेत कार्कीको नाममा एभरपिक सप्लायर्सको नाममा दर्ता रहेको कागजात छ । जसको बाहिर देखाउने ब्राण्ड नेम भने १६० सप रहेको छ । राजस्व कार्यालयमा भने यसको व्यवसायीक प्रयोजन देखाइएको छैन । व्यक्तिगत फम दर्ता गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसल राधिका बस्नेत कार्कीको नाममा दर्ता रहेको र व्यापार भने चिनियाँ नागरिक लि जोसिज्याकले गर्दै आएको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दीपेश कुमार झाले जानकारी दिए।

यस अगाडी सेन्ट्रल मलमा समेत योनो मार्ट भन्ने पसल नेपाली नागरिकका नाममा दर्ता गरेर चिनिया नागरिकले सञ्चालन गर्दै आएको पाइएको थियो । त्यो समेत पछिल्लो एकवर्षकै अवधीमा सञ्चालनमा आएको हो । समुन्द्रपार आयात–निर्यात स्थानीय व्यापार उद्देश्य देखाएर व्यक्तिगत फम दर्ता गरिएको देखिन्छ । विराटनगर महानगरपालिकामा समेत व्यवसाय दर्ता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्