नोबेल मेडिकल कलेजको न्यूरो ओम क्याफेले पायो खाद्य स्वच्छतामा ‘क’ वर्ग

<span class='c1'>नोबेल मेडिकल कलेजको न्यूरो ओम क्याफेले</span> <span class='c2'>पायो खाद्य स्वच्छतामा ‘क’ वर्ग</span>

विराटनगर । विराटनगर–४, कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा सञ्चालित न्यूरो ओम क्याफेले खाद्य स्वच्छता तथा गुणस्तर मूल्याङ्कनमा ३ स्टार ‘अति उत्तम’ र ‘क’ वर्ग प्राप्त गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको खाद्य निरीक्षणका क्रममा क्याफेले उक्त उपलब्धि हासिल गरेको हो। कार्यालय प्रमुख पुष्पलाल राजका अनुसार खाद्य स्वच्छता, सुरक्षा, गुणस्तर तथा व्यवस्थापनका विभिन्न मापदण्डका आधारमा गरिएको निरीक्षणमा न्यूरो ओम क्याफेले ३ स्टार ‘अति उत्तम’ र ‘क’ वर्ग प्राप्त गर्न सफल भएको हो।


अस्पताल परिसरमा सञ्चालनमा रहेको क्याफेले बिरामी, कुरुवा, स्वास्थ्यकर्मी तथा अन्य सेवाग्राहीलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउँदै आएको छ। खाद्य स्वच्छता तथा गुणस्तर मूल्याङ्कनमा प्राप्त यो उपलब्धिले क्याफेले खाद्य सुरक्षा र सरसफाइका मापदण्ड पालना गर्दै आएको प्रतिबद्धतालाई दर्शाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्