नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ।
पार्टीको इतर समूह देउवा पक्षले आज वडा अधिवेशन गर्न लागेको हो। देउवा समूहले १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेका लागि तोकेको छ।
सोहीअनुसार नै यस समूहले यही असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ। कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेका छन्।