एभरेस्ट बैंक र विराटनगर किंग्सबीचको सहकार्य

<span class='c1'>एभरेस्ट बैंक र</span> <span class='c2'>विराटनगर किंग्सबीचको सहकार्य</span>

विराटनगर असोज १९,

एभरेस्ट बैंक र विराटनगर किंग्सबीचको सहकार्य थप एक सिजनका लागि निरन्तर हुने भएको छ। बैंकले विराटनगर किंग्ससँगको सहकार्यलाई निरन्तरता दिँदै आगामी सिजनका लागि पनि आधिकारिक साझेदारका रूपमा रहने भएको हो।

यससम्बन्धी सम्झौता नवीकरणका लागि विराटनगरस्थित लेमन ट्री होटलमा हस्ताक्षर समारोह आयोजना गरिएको थियो। समारोहमा एभरेस्ट बैंक र विराटनगर किंग्सका प्रतिनिधिहरूले आगामी सिजनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यससँगै एभरेस्ट बैंक र विराटनगर किंग्सबीचको साझेदारी लगातार तेस्रो वर्षमा प्रवेश गरेको छ। ‘बैंकको निरन्तर साझेदारीले विराटनगर किंग्सको आगामी सिजनको यात्रा तथा ब्रान्ड प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षर समारोहमा दुवै संस्थाका प्रतिनिधिहरूले सहकार्यलाई आगामी दिनमा पनि थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्