डिग्री फुटबल क्लबद्वारा आयोजित पहिलो जिल्ला स्तरीय नकआउट फुटसलको उपाधि एबी फाइभलाई

<span class='c1'>डिग्री फुटबल क्लबद्वारा आयोजित पहिलो जिल्ला</span> <span class='c2'>स्तरीय नकआउट फुटसलको उपाधि एबी फाइभलाई</span>

विराटनगर, असोज १९ 

विराटनगरस्थित सयश फुटसल एरिनामा असोज १७ र १८ गते सञ्चालित ‘पहिलो जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगिता’को उपाधि एबी फाइभ (AB 5) ले जितेको छ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा सयश एफसी (Sayash FC) लाई पराजित गर्दै एबी फाइभ च्याम्पियन बनेको हो।

उपाधिसँगै विजेता टोली एबी फाइभले नगद २५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सयश एफसीले नगद १५ हजार रुपैयाँमा चित्त बुझाएको छ।

प्रतियोगितामा एबी फाइभका दीपेन्द्र बस्नेत ‘म्यान अफ दि टुर्नामेन्ट’ घोषित भए। यस्तै, एबी फाइभकै विवेक भगत ‘बेस्ट गोलकिपर’ बने । प्रतियोगिताभर समान ६–६ गोल गर्नुभएका एबी फाइभका दीपेन्द्र बस्नेत र सयश एफसीका दीपेश मगर संयुक्त रूपमा ‘हाइएस्ट स्कोरर’ (सर्वाधिक गोलकर्ता) हुन सफल भए।

डिग्री फुटबल क्लब मोरङका अध्यक्ष राजु धमलाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ प्रमुख अतिथिका, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य वासिम आलम विशिष्ट अतिथि, युवा उद्यमी साजिद आलम, डिग्री फुटबल क्लबका सचिव धीरज केसी र सयश फुटसल एरिनाका सञ्चालक सर्वेश पोखरेल सहभागी भई विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए।

अभिषेक धमला संयोजक रहेको उक्त प्रतियोगिताले जिल्लास्तरमा फुटसल खेलको विकास र युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको आयोजक डिग्री फुटबल क्लब मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्