काँग्रेस महाधिवेशन : विराटनगरका को को छन् केन्द्रमा प्रतिस्पर्धी

<span class='c1'>काँग्रेस महाधिवेशन : विराटनगरका को</span> <span class='c2'>को छन् केन्द्रमा प्रतिस्पर्धी</span>

विराटनगर । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार उम्मेदवार मनोनयनको कार्यसूचि रहेको छ । काँग्रेसमा धेरै किचलोपछि यो नियमित महाधिवेशनको प्रक्रिया भइरहेको छ । यो महाधिवेशनमा काँग्रेस उद्गमस्थल विराटनगर सुनसान छ । त्यति मात्रै नभई प्रजातान्त्रिक आन्दोलनको नेतृत्वकर्ता कोइराला परिवार महाधिवेशन भन्दा बाहिर रहेका छन् । विपीपुत्र डा.सशांक कोइराला अर्को महाधिवेशको संयोजक छन् । भतिजा डा.शेखर कोइराला मध्यमार्गी अडानमा सुस्ताएका छन् ।

तर, पनि मोरङ त्यसमा पनि विराटनगरबाट डा. मीनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार उनले खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि २०७८ मा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा रिजाल महामन्त्रीमा भिडेका थिए । त्यो बेला डा. शेखर कोइरालाको प्यानलबाट लडेका रिजाल पराजित भएका थिए । यसपटक उनले उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।

यसैगरी विशेष महाधिवेशनबाट महामन्त्रीमा चयन भएका गुरुराज घिमिरेले पुनः महामन्त्रीमै उम्मेदवारी दिएका छन् । सहमहामन्न्त्री रहेकी डिला संग्रौलाले महिला महामन्त्रीमा उम्मेदवारी दर्ता गरेकी छिन् । यस अगाडी केन्द्रीय सदस्य रहेका डा.सुनिल शर्मा समेत महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

यसैगरी केन्द्रीय सदस्यतर्फ विराटनगरका पूर्वमेयर तथा प्रदेशसभा सदस्य भीम पराजुलीले समेत उम्मेदवारी दर्ता गराउने छन् । खसआर्यबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसैगरी.बासु कोइराला, डा.सीता पोखरेल, प्रमिला गच्छदारले समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसैगरी विराटनगरकी जेनजी नेतृ रक्षा यादवले समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्