विराटनगर । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको घरमा छापा मारेको छ। उनको घरबाट केही कागजात र विद्युतीय उपकरण कब्जामा लिइएको छ।
विभागका एक उच्च अधिकारीले यो अनुसन्धानमा अन्य केही व्यक्तिको घरमा समेत छापा मारिएको बताएका छन् ।
११ असोजको बिहान ३ बजे सुरक्षा चुनौती भएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश जबरालाई घरबाटै नियन्त्रणमा लिएको थियो। यिनै जबरासँग सम्पर्क गरेको भन्दै प्रहरीको विशेष ब्युरोले केही दिन अघि इनम सापकोटालाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। पूर्वप्रधानन्यायाधीश जबरासँग सम्बन्ध देखिएका सापकोटा प्रहरी हिरासतमा रहेका छन् ।
यही घटनाको सेरोफेरोमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल समेत जोडिएका छन् । उनलाई निलम्बन गरिएको छ । पूर्वप्रधानन्यायाधीश जबरासँग मिलेर आफ्नो पक्षमा फैसला गराउन चलखेल गरेको आरोपमा विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खु कारागारको थुनाबाट सिन्धुपाल्चोकमा स्थानान्तरण गरिएको छ ।