घरमै बन्दुक बनाएर आवश्यक पर्नेलाई बिक्री गरेको आरोपमा लेटाङका लिम्बु पक्राउ

<span class='c1'>घरमै बन्दुक बनाएर आवश्यक पर्नेलाई बिक्री</span> <span class='c2'>गरेको आरोपमा लेटाङका लिम्बु पक्राउ</span>

विराटनगर । प्रहरीले लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीका पुर्णबहादुर लिम्बुलाई पक्राउ गरेको छ । उनी घरमै बन्दुक बनाएर आवश्यक पर्ने व्यक्तिलाई बिक्री गर्दै आएका थिए । प्रहरीले यो सूचना प्राप्त गरेपछि उनको घरमा पुगेर खानतलासी लिएको थियो ।

इलाका प्रहरी कार्यालय लेटाङले खानतलासी लिँदा लिम्बुको घरमा बनेको एकथान भरुवा बन्दुक, दबासवाला बन्दुक एकथान, हतियार निर्माण गर्ने आरन, बन्दुकका विभिन्न पार्टपूर्जा प्रहरीले बरामद गरेको छ ।

लिम्बुले घरमै आरन थापेर भरुवा बन्दुक बनाइकन बिक्री गर्दै आएको खुलेको छ । प्रहरीले उनलाई थप अनुसन्धानको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्