विराटनगरबाट शव बोकेर भोजपुर जाँदै गरेको एम्बुलेन्स खोल्सीमा खस्यो

<span class='c1'>विराटनगरबाट शव बोकेर भोजपुर जाँदै</span> <span class='c2'>गरेको एम्बुलेन्स खोल्सीमा खस्यो</span>

विराटनगरबाट शव लिएर भोजपुरतर्फ जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटनामा परेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिका–५, स्कुलडाँडामा आइतबार राति करिब १२ः३० बजे एम्बुलेन्स सडकबाट तल खोल्सीमा खसेको हो ।

दुर्घटनामा एम्बुलेन्स चालकसहित दुई जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रामप्रसाद राई गाउँपालिकाद्वारा सञ्चालित बा प्र–०१–०२–००२ झ ६१९० नम्बरको महिन्द्रा बोलेरो एम्बुलेन्स अनियन्त्रित भएर सडकबाट करिब तीन मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ का २१ वर्षीय चालक शक्ति राई गम्भीर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । सोही गाउँपालिका–७ का ४६ वर्षीय रामनन्द राई पनि घाइते भएका छन् । उनको कम्मरमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्