चाडपर्वलाई लक्षित गर्दै आयल निगम विराटनगरले बढायो ग्यास आपूर्ति

<span class='c1'>चाडपर्वलाई लक्षित गर्दै आयल निगम</span> <span class='c2'>विराटनगरले बढायो ग्यास आपूर्ति</span>

विराटनगर । दसैँ नजिकिँदै गर्दा नेपाल आयल निगम प्रादेशिक कार्यालय कोशीले भने ग्यासको आपूर्ति बढाएको छ । नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीका अनुसार मधेश प्रदेशसहित झापाका लागि समेत विराटनगर कार्यालयले ग्यास व्यवस्थापन गर्नुपर्ने भएकोले आयात बढाइएको हो ।

काठमाडौँसहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेको भएपनि विराटनगरसहित पुरानो कोशी अञ्चल अन्तर्गतका जिल्लामा अहिले धेरै अभाव नहुने दावी गरिएको छ । कार्कीका अनुसार १४–१५ बुलेट दैनिक आइरहेको ग्यास सोमबार २० बुलेट आएको छ । जसबाट ३० हजार सिलिन्डर भरिनेछन् । एकैदिन ३० हजार सिलिन्डरका लागि आयात भएको ग्यास बजारमा पठाउँदा अभाव हुनसक्ने संभावना छैन । गतवर्ष भन्दा यो दोब्बर हुनेछ ।

नेपाल आयल निगमले दैनिक ग्यास आयात भएको तथ्यांक, दैनिक बजारमा गएको तथ्यांकलाई अपडेट गरिरहेको छ । त्यति मात्रै नभई ग्यासको खुद्रा वितरण हुने डिलरसम्म कतिसंख्यामा सिलिन्डर पुगिरहेको छ भन्ने जानकारी समेत लिइरहेको छ । कार्यालय प्रमुख कार्कीले कहिंकतै पनि अभाव देखाएमा तत्काल उपभोक्ताले नै सम्पर्क गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्