विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ कोशी प्रदेशमा मै प्रहरीको कार्यालय व्यावस्थापनमा उत्कृष्ट बन्न सफल भएको छ । नेपाल प्रहरीको पेशागत मर्यादालाई कायम राख्दै प्रहरी कार्यलय व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै कदरपत्र सहित सम्मान समेत भएको छ ।

७१ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कट्वाललाई कोशी प्रदेशका प्रहरी प्रमुख डिआईजी शेखर खनालले उत्कृष्ट कार्यालय व्यावस्थापनको कदर पत्र प्रदान गरेका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा शुक्रबार विहान भएको ७१ औँ प्रहरी दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई समेत सम्मान गरिएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले साप्ताव्यापी रुपमा विविध कार्यक्रम गरी आज प्रहरी दिवस सम्पन्न गरेको छ ।