मोरङमा सुरक्षा कडा : दशैँ–तिहार लक्षित विराटनगरमा ड्रोनबाट निगरानी गरिने

<span class='c1'>मोरङमा सुरक्षा कडा  : दशैँ–तिहार</span> <span class='c2'>लक्षित विराटनगरमा  ड्रोनबाट निगरानी गरिने</span>

विराटनगर । दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै मोरङ प्रहरीले जिल्लाका संवेदनशील क्षेत्रमा ड्रोनबाट निगरानी गर्ने जनाएको छ । चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविता कट्वालका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आवश्यकता अनुसार ड्रोनबाट समेत निगरानी गरिने उनले बताए ।

चाडपर्वको समयमा सर्वसाधारणको आवतजावत बढ्ने, बजारमा भीडभाड हुने तथा आर्थिक कारोबार बढ्ने भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गरी प्रहरी परिचालन बढाइएको एसपी कट्वालले जानकारी दिए । उनका अनुसार मोरङ जिल्लाभर एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । पिकेट, नियमित गस्ती, प्रहरी बिट, क्विक रेस्पोन्स टिम (क्यूआरटी) तथा सादा पोसाकमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको छ । चाडपर्वका बेला हुन सक्ने अप्रिय घटना रोक्न प्रहरी टोलीलाई सक्रिय बनाइएको बताउँदै एसपी कट्वालले शान्ति सुरक्षा कायम राख्न आवश्यक सबै सुरक्षा उपाय अपनाइने उल्लेख गरे ।

प्रहरीले चाडपर्वका समयमा शंकास्पद , जुवाजन्य गतिविधि , देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्