रवि लामिछाने आज भारत जाँदै

<span class='c1'>रवि लामिछाने आज</span> <span class='c2'>भारत जाँदै</span>

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत जाँदै छन्। उनी तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेका हुन्।

रास्वपाको निजी सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ।

लामिछाने धनगढी हुँदै भारत जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सकेर उनी स्वदेश फर्किनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्