धनुषामा श्रीमतीको हत्या, श्रीमान् मृत फेला

<span class='c1'>धनुषामा श्रीमतीको हत्या,</span> <span class='c2'>श्रीमान् मृत फेला</span>

धनुषा । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ भने श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूको चार वर्षीय छोरा घाइते अवस्थामा फेला परेका छन् । गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव झुण्डिएको अवस्थामा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा फेला परेको छ । उक्त स्थानबाट १ किलोमिटर टाढा मिथिलेश्वरस्थित ससुरालीमा यादवको ३० वर्षीया श्रीमती रिना यादव पनि मृत अवस्थामा फेला परेकी छन् ।

उनीमाथि धारिलो हतियारले प्रहार भएको चोटहरु देखिएको धनुषा प्रहरीले जनाएको छ । त्यस्तै उनी दुबै जनाको चार वर्षीय छोरा सम्राट यादवमाथि पनि धारिलो हतियार प्रहार भई घाइते अवस्थामा फेला परेकोले उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जनाइएको छ । धनुषा प्रहरीका अनुसार घटना कात्तिक ८ गते बिहान करिब १ः५० बजे उक्त घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा टोली घटनास्थल पुगेको थियो। त्यहाँ रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनको मृत्यु भइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको छ। घटनास्थलबाट रगत लागेको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। त्यस्तै उनको श्रीमान् झुण्डिएको अवस्थामा फेला परेको घटनास्थलको मुचुल्का तयार गर्ने कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्