कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरीमा बिनोद कार्की घोषित

<span class='c1'>कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरीमा</span> <span class='c2'>बिनोद कार्की घोषित</span>

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले २०८३ साल असोज महिनाको "सर्वोत्कृष्ट प्रहरी"को रूपमा प्रहरी नायब निरीक्षक (सइ) बिनोद कार्कीलाई घोषित गरेको छ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत कार्कीलाई उनको उत्कृष्ट कार्यसम्पादन, विभागीय अनुशासन र पदीय जिम्मेवारीप्रतिको उच्च निष्ठाको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो। तालिम केन्द्रको प्रबन्ध शाखाको जिम्मेवारीमा रहेका कार्कीले हातहतियार तथा गोलीगठ्ठाहरूको जिन्सी आम्दानी बाँध्ने कार्य नियम र प्रक्रिया अनुसार व्यवस्थित गरेका थिए। साथै, लामो समयदेखि स्वामित्व नखुलेका सवारी साधनहरू तथा पुराना एवम् प्रयोगमा नआउने जिन्सी मालसामानहरूको लिलाम बिक्री गराई कुल २ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।

विभागीय मूल्य-मान्यता र आदेश-निर्देशनको पूर्ण पालना गर्दै प्रहरी संगठनको गरिमा एवम् श्रीवृद्धिमा अनुकरणीय योगदान पुर्‍याएकाले असोज महिनाको सर्वोत्कृष्ट प्रहरीका रूपमा उनको नाम छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्