दुर्घटनामा मृत्यु भए भनिएका लेटाङका व्यक्ति छ महिनापछि घर फर्किएपछि

<span class='c1'>दुर्घटनामा मृत्यु भए भनिएका लेटाङका</span> <span class='c2'>व्यक्ति छ महिनापछि घर फर्किएपछि</span>

विराटनगर । सवारी दुर्घटनामा परि गम्भीर घाईते भई उपचारका क्रममा मृत्यु भएका एक व्यक्ति परिवारले सनाखत गरेर सद्गद गरेको ६ महिनापछि टुप्लुक्क घर आएपछि गाउँ नै छक्क परिरहेको छ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राईको गत जेठमै सद्गद गरिएको थियो । तर, उनी अहिले घरमा आइपुगेपछि परिवारदेखि छरछिमेकसम्म छक्क छन् । परिवार र गाउँघरका मात्रै हैनन्, प्रहरी र सरकारी अस्पतालका फरेन्सिक चिकित्सकहरु समेत अचम्म परिरहेका छन् । त्यति मात्रै नभई मृत्यु भएका भनिएका व्यक्ति यकिन गर्ने अर्को चुनौती पनि उतिकै थपिएको छ । घटनाको पृष्ठभूमि र सनाखतमा परिवारले पहिचानका लागि लिएको आधार मिलेपछि अस्पतालबाट शव परिवारलाई बुझाइएको थियो ।

खासमा पदमबहादुर २०८२ माघदेखि घरबाट निस्किएका थिए । परिवारले प्रहरीलाई बताएअनुसार मानसिक रुपमा उनको अवस्था कमजोर थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कबित कटुवालका अनुसार २०८३ जेठ २६ गते बिहान ८ः३० बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि एक व्यक्ति सख्त घाईते भएका थिए ।

घाईतेको उपचारका लागि विराट टिचिङ अस्पताल बुढीगंगा ल्याएर भर्ना गरियो । उपचारका क्रममा घाईतेको मृत्युपछि कोशी अस्पतालको शव गृहमा पठाइयो । पहिचान खुल्न नसकेपछि प्रहरीले दुर्घटनामा मृतकका आफन्त कोहि भए सम्पर्कमा आउन सार्वजानिक सूचना जारी गरेको थियो । त्यहि बेला पदमबहादुरकी आमाले आएर आफ्नो छोरा भएको भनि सनाखत गरेपछि प्रहरीले शव जिम्मेझिवारी पत्र बनाएर बुझाएको प्रहरी उपरीक्षक कटुबालले जानकारी दिएका छन् । अस्पताल र प्रहरीको कानुनी प्रक्रियागत कार्यपछि परिवारले दुर्घटना बीमा वापतको रकम समेत बुझिसकेको थियो । तर, जेठ २७ गते मृतक भनेर बुझाइएको शव र परिवारले गरिसकेको सद्गदलाई समेत चुनौती दिदैं मृतक भनिएका व्यक्ति जीवित नै आएपछि अहिले त्यसले घरपरिवार, समाज, प्रहरी र कोशी अस्पताल समेत यो घटनामा फर्किन बाध्य भएको छ ।

घटनाले सुखद् मोड लिएपछि पीडित भनिएका परिवारलाई बिहीबार कोशी अस्पतालमा बोलाइएको छ । अब सनाखत हुँदाताकाका प्रक्रियागत कागजात अस्पतालले फिर्ता लिने र प्रहरीले शवको फोटो भिडियोका आधारमा दुर्घटनामा मृत्यु भएका व्यक्तिको खोजी गर्ने काम गर्नुपर्ने अवस्था आएको छ । त्यस बाहेक बीमा वापत दावी गरेर बुझिएको रकम समेत परिवारबाट सम्बन्धित कम्पनीमा फिर्ता पठाउनुपर्ने प्रक्रिया सुरु गर्नुपर्ने भएको छ ।

आमाले सनाखत गरिदिएपछि सबैले भरपर्नुपर्ने अवस्था देखियो, घटनापछि घरमा पुगेर बुझ्नु भएका इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहले भने–परिवारमा एक किसिमको खुशी थियो, उतिकै अत्तालिएको अवस्था पनि । उनका अनुसार पदम बहादुरले विवाहपछि उनकी जीवन संगीनीले छोडि गएकी छिन् । जसका कारण उनमा रहेको मानसिक समस्या गहिरिदै जाँदा घर छोडेर हिड्ने अवस्था आएको थियो । माघमा घर छोडेर हिँड्दा आफन्तलाई जानकारी नभएका कारण पनि कहाँ गए कहाँ भन्ने रहेछ, प्रहरी निरीक्षक साहले भने–त्यहि भएर आफ्नै छोरा जस्तो देख्नुभएछ क्यार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्