मोटरसाइकल दुर्घटनामा विराटनगर ४ का अंकित पोखरेलको मृत्यु

<span class='c1'>मोटरसाइकल दुर्घटनामा विराटनगर ४</span> <span class='c2'>का अंकित पोखरेलको मृत्यु</span>

विराटनगर । विराटनगर महानगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
बिहीबार राति निर्मल जलबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–४ निवासी २४ वर्षीय अंकित पोखरेलको टाउको र नाकमा चोट लागेको थियो। घाइते पोखरेललाई उपचारका लागि विराट नर्सिङ होम पुर्‍याइएकोमा राति १ः १० बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए । पोखरेल महेन्द्र मोरङ आर्दश वहुमुखी क्याम्पस विराटनगरका स्ववियू सदस्य समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्