राप्रपाद्वारा भरतपुर महानगरपालिकाकाे मतगणना अभिलम्ब सुरू गर्न माग

<span class='c1'>राप्रपाद्वारा भरतपुर महानगरपालिकाकाे मतगणना</span> <span class='c2'>अभिलम्ब सुरू गर्न माग</span>

राष्ट्रिय प्रजातन्त्र पार्टीले भरतपुर महानगरपालिकाको मतगणना अभिलम्ब सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।
पार्टीका अध्यक्ष कमल थापाले भरतपुर महानगरपालिकाको मतगणनालाई प्रधानमन्त्री निर्वाचनसँग जोडेर नहेर्न एमालेलाई आग्रह पनि गर्नु भयो । आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटगरी उहाँले भरतपुर महानगरपालिकामा तत्काल मतगणना गर्ने कानुनी र राजनीतिक व्यवस्था रहेको बताउनु भएको हो । भेटमा दुवै नेताबीच स्थानीय तहको दोस्रो चरणको निर्वाचन, प्रधानमन्त्री निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्ने र एमालेले पनि संसद अवरोध गरेर प्रधानमन्त्रीको निर्वाचन रोक्न नहुने सुझाव एमाले अध्यक्ष ओलीलाई दिइएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले जानकारी दिनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले च्यातिएको मतपत्र बदर गरेर मतगणना गर्न उपयुक्त हुने धारणा पनि राखेको छ । अध्यक्ष थापाले भरतपुर महानगरपालिकाको मतगणना र प्रधानमन्त्री निर्वाचन अलगअलग विषय भएकाले यसलाई जोडेर नहेर्न आग्रह गर्नु भएको थियो । उहाँले आफ्नो पार्टी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन संसद बैठक नै सूचारु गर्नुपर्छ भन्ने मान्यतामा नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले प्रक्रिया सुरु गरेर मतदानको दिन संसद खुल्दा पनि हुने आफनो बुझाई रहेको पनि उल्लेख गर्नु भयो । एमालेले भरतपुर महानगरपालिकाको मतगणना सूरु नभई संसद बैठक सुचारु गराउन नदिने अडान राख्दै आएको छ । थापासँग ओलीले सत्तारुढ काँग्रेस-माओवादी केन्द्रले निर्वाचनको परिणाम आफनो पक्षमा पार्न भरतपुरमा मतपत्र च्यात्न लगाएको आरोप समेत लगाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्