विराटनगरको लक्ष्मीनारायण मन्दिरमा ८० वर्षीया बृद्धामाथि आक्रमण, गहना लुटियो 

<span class='c1'>विराटनगरको लक्ष्मीनारायण मन्दिरमा ८० वर्षीया</span> <span class='c2'>बृद्धामाथि आक्रमण, गहना लुटियो </span>

विराटनगर । विराटनगर–४ लक्ष्मीनारायण मन्दिरमा ८० वर्षीया सावित्री रिमालमाथि दिउँसै आक्रमण गरी सुनका गहना चोरेर व्यक्ति फरार भएका छन् । लक्ष्मीनारायण मन्दिरका पुजारी हरी रिमालकी धर्मपत्नी सावित्रीलाई एक्लै भएको अवस्थामा धारिलो हतियार प्रहार गरेर गहना लुटिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार शुक्रबार बिहाान १० :३० बजेको समयमा उनीमाथि आक्रमणपछि गहना लुछेर फरार भएका व्यक्तिको खोजी भइरहेको छ । गहना लुट्ने व्यक्ति भने ज्यालादारी मजदुरको रुपमा काम गर्दै आएका व्यक्ति भएको खुलेको छ । ‘देखिरहेको व्यक्ति तर नाम र वतन थाहा नभएको व्यक्ति रहेछन्’ प्रहरी नायव उपरीक्षक मिश्रले भने–बृद्धालाई एक्कासी आक्रमण गरेर गहना लुटेर भागेका व्यक्तिको खोजी भइरहेको छ ।

घटनापछि अहिले संलग्न व्यक्तिको पहिचान गर्ने र उनको खोजी कार्यका लागि प्रहरी नायव उपरीक्षक लोकेन्द्र सिं गुरुको कमाण्डमा प्रहरी चौकी बरगाछी तथा सिआरभी बरगाछीको टोलि परिचालन गरिएको छ । घाईते बृद्धालाई लागेको चोटपटक तथा गहना लुछ्दा चुटिएको कानको लोतीको उपचार नोबेल अस्पतालमा भइरहेको छ ।

यस अगाडी असावधानीपूर्वक अर्को मन्दिरको फोृटो पर्न गएकोमा क्षमाप्रार्थी छौं । सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्