कुनैपनि राजनीतिक दलको सदस्य नभएर मैंले ठूलो गल्ती गरें :डा.सुरेन्द्र केसी

<span class='c1'>कुनैपनि राजनीतिक दलको सदस्य नभएर मैंले</span> <span class='c2'>ठूलो गल्ती गरें :डा.सुरेन्द्र केसी</span>

काठमाडौं । राजनीतिक विश्लेषक तथा प्राध्यापक डा.सुरेन्द्र केसीले लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्ने बताएका छन् ।

राजधानी काठमाडौंमा आइतबार आयोजित अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम ‘ग्लोबल अथर अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा केसीले साहित्यिक क्षेत्रले सामाजिक तथा राष्ट्रिय रूपान्तरणमा योगदान पुर्याउनुपर्ने धारणा राखे ।

उनले भने, ‘लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्छ । साहित्य केवल सिर्जनामा मात्र सीमित हुनुहुँदैन, यसले समाज र राष्ट्रको रूपान्तरणमा पनि योगदान दिन सक्नुपर्छ। देशमा देखिएका विकृति, विसङ्गति र नागरिकका निराशालाई लेखनमार्फत उजागर गर्दै सुधारका लागि आवाज उठाउनुपर्छ। लेखकहरूले आफ्नो सिर्जनामार्फत समाजमा सकारात्मक सोच र परिवर्तनको सन्देश दिन सक्नुपर्छ ।’

उनले नेपालमा सीमित व्यक्तिहरूले मात्रै विभिन्न अवसर र जिम्मेवारी पाउने प्रवृत्ति रहेको उल्लेख गर्दै योग्यताका आधारमा सबैले अवसर पाउने संस्कार विकास गर्नुपर्ने बताए । आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएकै कारण विभिन्न अवसरबाट वञ्चित हुनुपरेको अनुभवसमेत उनले सुनाए ।

आफूले न्यूनतम २५ देखि २८ वटा पुस्तक लेखेको, विद्यावारिधि गरेको, चार हजारभन्दा बढी लेख तथा रचना प्रकाशित गरेको र २० हजारभन्दा बढी अन्तर्वार्ता दिएको उल्लेख गर्दै केसीले आफ्नो पहिचान स्वतन्त्र लेखन र अभिव्यक्तिसँग जोडिएको बताए ।

उनले भने, ‘नेपालमा एउटा रेडिमेड परम्परा छ, एउटै व्यक्ति पटक–पटक विभिन्न पद र अवसरमा पुग्ने, अरूले अवसर नै नपाउने । योग्यताका आधारमा अवसर पाउने संस्कार हामीले विकास गर्नुपर्छ । मैले २७–२८ वटा पुस्तक लेखें, पीएचडी गरें, चार हजारभन्दा बढी लेखरचना लेखें र २० हजारभन्दा बढी अन्तर्वार्ता दिएँ । तर मेरो सबैभन्दा ठूलो गल्ती भनेको कुनै पनि राजनीतिक दलको सदस्य नहुनु रहेछ । मेरो अभिव्यक्ति, लेखन र पहिचानको मूल आधार नै स्वतन्त्रता हो ।’

उनले पुरस्कार, सम्मान तथा अवसर वितरणमा निष्पक्षता र योग्यतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । योग्य व्यक्तिलाई उचित स्थान दिइएमा समाजले स्वतः सम्मान गर्ने उनको भनाइ थियो ।

केसीले गौतम बुद्धले दिएको शान्ति र सहअस्तित्वको दर्शनलाई स्मरण गर्दै वर्तमान समाजमा शान्ति, सहिष्णुता र सद्भावको आवश्यकता रहेको बताए । समाजमा न्याय, प्रहरी, राजनीति तथा अन्य सार्वजनिक संस्थाप्रति असन्तुष्टि बढिरहेको उल्लेख गर्दै उनले यस्ता विषय साहित्य र लेखनमा पनि प्रतिबिम्बित हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा विश्वका विभिन्न देशका प्रतिष्ठित लेखक तथा व्यक्तित्वहरूको सहभागिता छ । सो अवसरमा विभिन्न विधामा अवार्ड समेत वितरण गरियो ।

इन्फिनिटी सर्भिसेज प्रालिकी संस्थापक शीतल खड्का तथा टोलीको नेतृत्वमा भएको कार्यक्रममा नेपाललगायत भारत, संयुक्त राज्य अमेरिका, सिंगापुर, फिजी, क्यानडा, बंगलादेश र संयुक्त अरब इमिरेट्स (दुबईसहित) बाट ४५ जना लेखक तथा सम्मानित व्यक्तित्वहरूको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्