विराटनगरमा ‘लेखांकनमा कृत्रिम बौद्धिकता (एआई) तथा स्वचालन’ विषयक अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न

<span class='c1'>विराटनगरमा ‘लेखांकनमा कृत्रिम बौद्धिकता (एआई) तथा</span> <span class='c2'>स्वचालन’ विषयक अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न</span>

विराटनगर। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN), विराटनगर शाखाको आयोजनामा अन्तर्राष्ट्रिय लेखा दिवस २०२६ सेलिब्रेशन विकको अवसरमा आज ‘AI & Automation in Accounting’ विषयक भर्चुअल वेबिनार सफलतापूर्वक सम्पन्न भएको छ।

‘Everything Needs Accounting’ भन्ने मूल नारासहित आयोजित वेबिनारमा लेखांकन तथा वित्तीय व्यवस्थापनमा कृत्रिम बौद्धिकता (AI) र स्वचालन प्रविधिको बढ्दो प्रयोग, अवसर, चुनौती तथा भविष्यको सम्भावनाबारे छलफल तथा विचार आदानप्रदान गरिएको थियो।
वेबिनारमा ICAN का अध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सीए बिगेंद्र सिंह थापाले विषयगत प्रस्तुति दिनुभएको थियो। त्यसपछि उद्योग, व्यवसाय, प्रविधि तथा लेखा क्षेत्रका अनुभवी व्यक्तित्वहरू प्रतीक राउत, सूर्य अर्याल (CISA), सुभाष निरौला र सीए वीरेन्द्र सिंह थापाको सहभागितामा प्यानल छलफल सञ्चालन भएको थियो। छलफलको सहजीकरण सीए प्रज्वल अधिकारीले गर्नुभएको थियो।
वेबिनारमा सहभागीहरूबीच खुला प्रश्नोत्तर तथा अन्तरक्रियासमेत गरिएको थियो। कार्यक्रमको समापन तथा धन्यवाद ज्ञापन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN), विराटनगर शाखा का संयोजक सीए सुरज तिम्सिनाले गर्नुभएको थियो।
AI तथा Automation ले लेखांकन, लेखापरीक्षण र वित्तीय व्यवस्थापनको क्षेत्रमा ल्याइरहेको परिवर्तनबारे ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित वेबिनारमा लेखा व्यवसायी, उद्योगी, व्यवसायी, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्