कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

<span class='c1'>कांग्रेस देउवा समूहको २६</span> <span class='c2'>जिल्लामा अधिवेशन सकियो</span>

काठमाडौं । नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशन अन्तर्गत हालसम्म २६ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ । साथै सात जिल्लाको उद्घाटन भएको पनि जानकारी गराइएको छ । २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी भएको जानकारी गराइएको छ ।

मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले २६ जिल्लामा नयाँ नेतृत्व आएको र चार जिल्लामा उद्घाटन भएको जानकारी दिए । त्यस्तै ६१८ पालिका, २२८ प्रदेश सभा साथै ११४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको डा. महतले जानकारी दिए । साथै आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनको उद्घाटन शेर बहादुर देउवाले गर्नेपनि उनले जानकारी दिए ।

‘नियमिति महाधिवेशनका लागि छोटो समयमा प्रक्रिया अघि बढाएको थियो तर सक्रियता उत्साहपूर्ण पायौं । देशभरका कार्यकर्ताहरु स्वतस्फूर्त रुपमा र स्वयमसेवी भावनाले सहभागि भइरहनु भएको छ, हामी उत्साहित छौं,’ डा. महतले भने । अधिवेशनमा सहभागी सबैजना न्याय र विधिको पक्षमा साथै कांग्रेसको मूल मान्यताका काम गरिरहेको पनि उनले बताए ।

विशेष महाधिवेशनमा सहभागी भएका धेरैजना आफ्नो समूहमा जोडिन थाल्नुभएको र जोडिनेक्रम जारी रहेको पनि उनले जानकारी गराए । ‘धेरै साथीहरु उताबाट यता जोडिनु भएको छ । जोडिनेक्रम जारी छ । साथै मंसिर २१, २२, २३ मा हुने महाधिवेशनमा जोडिन आब्हान पनि गर्दछु,’ डा. महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्