सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध हुन आह्वान प्रचण्डको अपिल

<span class='c1'>सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध</span> <span class='c2'>हुन आह्वान प्रचण्डको अपिल</span>

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान परिस्थितिमा सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मंगलबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले नेकपा एमालेदेखि विभिन्न धारामा विभाजित माओवादी समूहसम्मलाई एकताबद्ध गर्ने जिम्मेवारी सबैको काँधमा रहेको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका कम्युनिस्ट नेताहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन अपिल गरे । प्रचण्डले देश असाधारण संकटमा रहेको उल्लेख गर्दै सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह र संकीर्णता त्यागेर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने, ‘आज देश असाधारण संकटमा छ । यस्तोबेला सबैले आफ्नो सोचार्ई, बुझाइ, भावनालाई अझ फराकिलो गर्नुपर्ने, सबैखाले आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राखेर, देशलाई प्राथमिकतामा राखेर एकताबद्ध हुने आजको आवश्यकता हो ।’

उनले विगतमा पनि कम्युनिस्ट एकताका लागि आफूले विभिन्न प्रयास गरेको स्मरण गरे । शान्ति सम्झौतापछि कम्युनिस्टहरू मिल्नुपर्ने प्रस्ताव आफूले पहिलोपटक अघि सारेको र संविधान जारी भएपछि तत्कालीन नेकपा एमालेसँग एकताका लागि पहल गरेको उनको भनाइ थियो । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता र निर्वाचनमा सहकार्यका लागि प्रस्ताव गर्न आफू गएको स्मरण गर्दै उनले त्यसबेला एकता सम्भव बनाउन प्रधानमन्त्री पदसमेत ओलीलाई नै दिने प्रस्ताव गरेको बताए ।

प्रचण्डले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले देशभरका नेता तथा कार्यकर्तामा उत्साह र समाजवादतर्फ अघि बढ्ने विश्वास पैदा गरेको बताए । उक्त एकताबाट झन्डै दुईतिहाइ बहुमत प्राप्त गर्ने अवसर मिलेको भए पनि त्यसलाई लामो समय टिकाउन नसकिएको उनको भनाइ थियो । उनले उक्त एकता तीन वर्ष पनि टिकाउन नसकेकोप्रति दुःख व्यक्त गरे । यसैबीच, प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीकी नवनियुक्त महासचिव उमा भुजेलको राजनीतिक योगदानको प्रशंसा गर्दै उनलाई तीनवटा महत्वपूर्ण फड्को मार्ने नेताका रूपमा चित्रण गरे ।

भुजेलले सशस्त्र विद्रोहका क्रममा प्रहरी चौकी कब्जा गर्न र गोरखा जेल ब्रेकको नेतृत्व गर्न खेलेको भूमिकाको स्मरण गर्दै उनले अहिले विभिन्न क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न सफल भएको बताए । प्रचण्डले भुजेलले प्रहरी चौकी कब्जा र गोरखा जेल ब्रेकको नेतृत्व गरेर आफ्नो साहस र क्षमता प्रमाणित गरेको उल्लेख गरे । पछिल्लो समय विभिन्न क्रान्तिकारी युवा नेताहरूलाई एकताबद्ध गर्दै पार्टी एकतामा भूमिका खेलेको उनको भनाइ थियो । प्रचण्डले एकताको अभियानलाई अझ अघि बढाउँदै देशमा कम्युनिस्ट शक्तिहरूको नेतृत्व स्थापित गर्नुपर्ने बताए । उनले भने, ‘हामी जित्छौँ, हामीले नै जित्नुपर्छ देशमा, अरूले जितेर हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्