नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङमा एभरेस्टका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

<span class='c1'>नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङमा एभरेस्टका</span> <span class='c2'>विद्यार्थीको उत्कृष्ट प्रदर्शन</span>

नेपालगन्जमा सम्पन्न 'नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप' मा कोशी प्रदेशको तर्फबाट प्रतिनिधित्व गरेका विराटनगरस्थित एभरेस्ट सेकेण्डरी स्कुलका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्। प्रतियोगितामा उनीहरूले विभिन्न विधामा उत्कृष्ट पदकहरू हात पार्दै विद्यालय र समग्र कोशी प्रदेशको नाम उँचो बनाएका छन्।

नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत छात्र पुरव तिम्सिना र आरध्या पाण्डेले उत्कृष्ट प्रदर्शन गरेका हुन्। प्रतियोगितामा पुरव तिम्सिनाले १०० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर ब्रेस्टस्ट्रोक दुवैमा द्वितीय स्थान (२ वटा रजत पदक) प्राप्त गर्न सफल भएका छन्। त्यसैगरी, आरध्या पाण्डेले १०० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर बटरफ्लाइ र ५० मिटर फ्रिस्टाइल गरी चारै वटा इभेन्टमा तृतीय स्थान (४ वटा कास्य पदक) हासिल गरेकी छिन्।

यसअघि नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले एक समारोहबीच उद्घाटन गर्नुभएको सो प्रतियोगितामा नेपालका सबै प्रदेशका साथै भारतको नयाँ दिल्ली र लखनऊलगायतका स्थानबाट करिब १५० जना खेलाडीहरूको सहभागिता रहेको थियो। स्वीमिङ खेलको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जका उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट तथा सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाहरूको पहलमा गठित लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लबले यस प्रतियोगिताको आयोजना गरेको हो।

विद्यार्थीहरूको यस प्रकारको कडा मेहनत, अनुशासन र दृढ संकल्पले स्कुल परिवार तथा समग्र एभरेस्ट परिवारलाई गौरववान्वित बनाएको विद्यालयले जनाएको छ। उनीहरूको यस सफलताले आगामी दिनमा अन्य युवा खेलाडीहरूलाई पनि खेलकुद क्षेत्रमा अगाडि बढ्न ठूलो प्रेरणा मिलको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्