विराटनगर । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएको छ । मन्त्रिपरिषद बैठकले आइजिपी कार्कीलाई प्रधानमन्त्री बालेन शाहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दै केसीलाई आइजिपी बनाउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका हुन् ।