पटाकाबाट सल्किएको आगोले सुनवर्षीमा करोडौँको क्षति

<span class='c1'>पटाकाबाट सल्किएको आगोले</span> <span class='c2'>सुनवर्षीमा करोडौँको क्षति</span>

मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा भएको भीषण आगलागीमा पाँच वटा घर तथा संरचना जलेर नष्ट भएका छन्। बुधबार साँझ करिब ६ः४५ बजे सुरु भएको आगलागीले स्थानीय दिलबहादुर कार्कीको दुई तले काठको घर, दुई वटा गाईगोठ, भान्छाघर र भण्डारघर पूर्ण रूपमा ध्वस्त पारेको हो।

प्रहरीका अनुसार रतुवामाई र रंगेली नगरपालिका तथा कानेपोखरी गाउँपालिकाबाट दमकल बोलाएर स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा मध्यरातमा आगो नियन्त्रणमा लिइएको थियो।

आगोबाट गाईवस्तु जोगाउने क्रममा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ। प्रारम्भिक अनुसन्धानमा पटाका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान छ।

आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको विस्तृत विवरण भने सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्