भीमफेदी दुर्घटना अपडेट : डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार

<span class='c1'>भीमफेदी दुर्घटना अपडेट : डेढ वर्षीय</span> <span class='c2'>बालक सुदीप यादवको सकुशल उद्धार</span>

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय (ईभी) हाइस दुर्घटनाबाट डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार गरिएको छ ।

बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनाका बेला हाइसमा चालकसहित १४ देखि १५ जना सवार थिए । दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमान्डमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्